२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक सुरु

६ न्यायाधीशको नाम छलफलमा

क्याप्शन

मुलुकको ३३ औँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकको मुख्य एजेन्डा रिक्त रहेको प्रधानन्यायाधीश पदमा उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्नु रहेको छ।

निवर्तमान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण गत चैत १८ गते पदबाट अवकाश भएपछि यो पद रिक्त रहेको थियो।

हाल वरिष्ठतम् न्यायाधीशका रूपमा सपना प्रधान मल्लले कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी छिन्।

न्याय परिषद्ले गत फागुन २६ गते नै भावी प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना वरिष्ठ न्यायाधीशहरूको नामावली संवैधानिक परिषद्मा पठाएको थियो।

सिफारिस सूचीमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम समावेश छ।

बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्रीसहित सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम सहभागी छन्।

त्यस्तै, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी पनि बैठकमा उपस्थित छन्।

प्रकाशित: २४ वैशाख २०८३ १७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App