१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्न राष्ट्रपति पौडेल गृह जिल्ला जाने

राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा निर्माण हुन लागेको ‘भानु साहित्य उद्यान’ को शुभारम्भ गर्ने भएका छन्।

आदिकवि भानुभक्तको स्मृति दिवसको अवसर पारेर आगामी असोज ६ गते राष्ट्रपति पौडेलले उद्यानको पहिलो संरचना ‘भानु भवन’ को शिलान्यास गरी निर्माण कार्यको थालनी गर्नेछन्।

भानु साहित्य उद्यान समितिका महासचिव डा. ब्रतराज आचार्यका अनुसार सोमबार राष्ट्रपति पौडेलको समुपस्थितिमा शहरी विकास मन्त्रालय र उद्यान समितिका पदाधिकारीबीच भएको छलफलले शिलान्यासको मिति तय गरेको हो।

राष्ट्रपति पौडेलकै परिकल्पना र विशेष पहलमा चुँदी रम्घालाई नेपाली भाषा, साहित्य र संस्कृतिको जीवन्त तीर्थस्थलका रूपमा विकास गर्ने लक्ष्यका साथ यो गुरुयोजना अघि बढाइएको हो।

गुरुयोजना अनुसार, उद्यानमा सातै प्रदेशका प्रसिद्ध धामहरूको झलक दिने संरचनाका साथै विभिन्न भाषाभाषीका मूर्धन्य साहित्यकारहरूको शालिकसमेत स्थापना गरिनेछ।

सरकारले यस परियोजनाका लागि चालु आर्थिक वर्षको बजेटमा २० करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रकाशित: ९ भाद्र २०८२ १७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App