राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्। शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तेस्राे संशाेधन अध्यादेश,२०८३ जारी गरेका हुन्।
योसँगै तीन वटा अध्यादेश जारी भएको छ। संवैधानिक परिषद्सम्बन्धी लगायत पाँचवटा अध्यादेश भने जारी हुन बाँकी छ।
राष्ट्रपति कार्यालयमा आठवटा अध्यादेश आएकोमा हालसम्म तीन वटा जारी भएको र बाँकी पाँचवटा पनि अध्ययनको क्रममा रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश शाक्यले नागरिकन्युजलाई जानकारी दिए।
सरकारले विभिन्न आठ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको थियाे । यसअघि सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् ।
सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै चौतर्फी आलोचना भइरहेको छ।
प्रकाशित: १८ वैशाख २०८३ १९:२९ शुक्रबार





