१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र प्रथम उपराष्ट्रपतिसँग छलफल

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायत तराई मधेशका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितीका बारेमा प्रथम राष्ट्रपति डा रामबरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।

राष्ट्रपति भवन शीतलमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

प्रथम राष्ट्रपति डा यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीति दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षामता राख्नुपर्ने बताएका थिए।

प्रकाशित: १५ श्रावण २०८३ १८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App