राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुको समिति विभाजन लगायतका विषयमा छलफल भइरहेको छ।
बैठक राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा सिंहदरबारमा बसिरहेको हो।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरुको सहभागिता रहेको छ।
प्रकाशित: ८ चैत्र २०८२ १५:३४ आइतबार




