९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा कार्यव्यवस्थामा महत्वपूर्ण अजेन्डामाथि छलफल

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक ध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको छ।

बैठकमा आगामी अधिवेशनको पूर्वतयारीलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वपूर्ण विषयमा गहन छलफल भएको छ। विशेषगरी, लामो समयदेखि रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष पद तथा विभिन्न समिति सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने विषयमा ध्यान केन्द्रित छ।

यसका साथै, हालै नवनिर्वाचित सदस्यहरुलाई विभिन्न समितिहरूमा कसरी विभाजन गर्ने भन्ने विषय पनि छलफलको मुख्य अजेन्डामा परेको छ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता, प्रमुख सचेतक, सचेतक तथा अन्य प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।

सरकार र संसदबीच समन्वय कायम गर्दै आगामी कार्यसूचीलाई प्रभावकारी बनाउने उद्देश्यले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: ८ चैत्र २०८२ १५:२३ आइतबार