२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

शीतल निवासमा राष्ट्रपतिसँग जेन-जीको वार्ता तयारी

शीतल निवास । फाइल तस्बिर

जेन-जी समूहले राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ताको तयारी गरेका छन् । बिहान सुशीला कार्कीसहित वार्ता गर्ने गरी गरिएको तयारी स्थगित गरी राष्ट्रपतिले जेन-जीसँगै वार्ताको तयारी गरेका हुन् ।  

जेन-जी समूहको नेतृत्व गर्दै सुदन गुरुङ राष्ट्रपति निवास पुगेका छन् । हिजो जेन-जीहरूले आफूहरूको आन्दोलनमा राजावादीको घुसपेट भएको भन्दै प्रधानसेनापतिको पहलमा नभइ राष्ट्रपतिसँग वार्ता गर्ने प्रस्ताव गरेका थिए ।  

जेन-जीले राष्ट्रपतिसँग वार्ताको प्रस्ताव गर्दै माग पूरा भए सत्याग्रहमा बस्ने चेतावनी दिएका थिए ।

प्रकाशित: २७ भाद्र २०८२ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App