२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

पोख्रेल एआईजीमा बढुवा, भूमि समस्या समाधान समितिमा चार पदपूर्ति

सरकारले ओजोन तह संरक्षणसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) अन्तर्गतको मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको हो।

बैठकले सशस्त्र प्रहरी बल नेपालको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय पनि गरेको छ। उक्त निर्णय गृह मन्त्रालयको प्रस्तावमा गरिएको हो।

त्यसैगरी, २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन अध्ययन गरिरहेको समितिको कार्यावधि ४५ दिन थप गरिएको छ। सुरक्षा संयन्त्रसम्बन्धी विषयमा थप अध्ययन गरी सुझाव पेश गर्न समितिलाई समय थपिएको हो।

यस्तै, भूमि समस्या समाधान आयोगका रिक्त पदहरूमा नयाँ पदाधिकारी नियुक्त गरिएका छन्। सरकारको निर्णयअनुसार बलभद्र बास्तोला अध्यक्ष नियुक्त भएका छन् भने सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पद्मनिती सोती र डा. रोना श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ १३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App