महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले आगामी फागुन २१ गते निर्वाचन गर्नु नै वर्तमान सरकारको प्रमुख म्याण्डेट भएको बताएकी छन् ।
युनाईटेड क्लव पोखराको आयोजनामा मंगलबारदेखि पोखरामा शुरु भएको १४ औं पोखरा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेको बताइन् । उनले भनिन्,‘जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारको प्रमुख म्याण्डेट भनेको फागुन २१ को चुनाव सक्सेसफूल रुपमा अर्गनाईज गर्नु हो ।’
मन्त्री श्रेष्ठले फागुन २१ को चुनावका लागि दलहरु पनि तयार रहेको दाबी गर्दै दलहरुको पछिल्लो गतिविधिले उनीहरु निर्वाचनका लागि तयार रहेको बताइन् । निर्वाचनको अर्को विकल्प नभएको बताउँदै उनले भनिन्,‘लोकतन्त्रलाई सबल बनाउन निर्वाचन नै प्रमुख माध्यम हो र यसको अर्को कुनै विकल्प छैन ।’
मन्त्री श्रेष्ठले निर्भिक, निस्पक्ष र जिम्मेवार भएर निर्वाचनमा सहभागी हुन पोखरेली जनतालाई अपिल पनि गरिन् । ‘तपाईंको एक एक मतले देशको भविष्य निर्धारण गर्दछ, त्यसैले निर्भिक, निस्पक्ष र जिम्मेवार भएर निर्वाचनमा भाग लिन म आग्रह गर्दछु’–उनले भनिन् ।
मन्त्री श्रेष्ठले पोखरा अथाह सम्भावनाको सहर भएको बताईन् । पोखरालाई माईती घर भन्दै उनले थपिन्,‘म कुनै राजनीतिक पार्टीमा त छैन तर भविष्यमा कुनै पार्टीमा भएँ भने पोखरा नै मेरो निर्वाचन क्षेत्र हुनेछ ।’ उनले नेपाल भ्रमण योग्य देश हो र पोखरा सुरक्षित छ भन्ने सन्देश विभिन्न माध्यमबाट दिने प्रयास निरन्तर भइरहेको उल्लेखसमेत गरिन् ।

मंगलबार सुरु भएको महोत्सव माघ ११ गतेसम्म चल्नेछ । महोत्सवमा २ सय ५० स्टल रहेका छन् भने यस बिचमा करीब २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको प्रचारप्रसार संयोजक दीनेश सुनारले जानकारी दिए ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुने उनले बताए ।
प्रकाशित: २९ पुस २०८२ १९:०२ मंगलबार





