काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।
न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज ५ दिन म्याद थपको अनुमति दिएको हो । सरकारी वकिलको कार्यालयले १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो ।
लेखक आफैँ अदालतमा उपस्थित भएका थिए भने ओली बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल रूपमा सहभागी भएका थिए।
भदौ २३ र २४ गतेकाे जेन-जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित कार्की आयोगको सिफारिसका आधारमा प्रहरीले शनिबार एकाबिहानै ओली–लेखकलाई पक्राउ गरेको थियो । आइतबार आज प्रहरीले उनीहरुलाई अदालतमा उपस्थित गराउँदै म्याद थप गरेको हो।
प्रकाशित: १५ चैत्र २०८२ १७:३५ आइतबार





