२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

राजनीतिक संकटका बेला दलहरु एकताबद्ध हुनुपर्दछ: शंकर पोखरेल

फाइल तस्बिर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक संकटका बेला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताएका छन् ।  

महासचिव पोखरेलले विगतका दुई संकटपूर्ण घडीमा दलहरुको एकताले नै संघीयता तथा जनता सार्वभौम शक्ति कायम रहेको बताए । देशले संघीय लोकतान्त्रिक गणतन्त्र पाउनुमा दलीय एकता प्रमुख कारण रहेको उनको भनाइ छ।

महासचिव पोखरेलले २०५९ असोज १८ र २०६१ माघ १९ को प्रसंग स्मरण गर्दै त्यसबेला दल विभाजित र एजेण्डामा पनि विविध अवस्थामा रहेकोमा पछि एजेण्डामा एकतावद्ध हुँदै मुलुकको राजनीति लयमा फर्काउन सफल भएको बताएका छन् ।

‘असोज १८ ताका दलहरु एजेण्डामा विभाजित र अन्यौलग्रस्त थिए । तर माघ १९ पछि उनीहरुले आफ्ना एजेण्डा स्पष्ट पार्दै एकताबद्ध भए’ महासचिव पोखेरेलले लेखेका छन्, ‘परिणामस्वरुप जनता सार्वभौम बने र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गर्‍यो ।’

पोखरेलले ‘इतिहासको शिक्षा’ शीर्षकमा लेखेको स्टाटसमा कुनै पनि आन्दोलन, पार्टी वा नेतृत्वको भविष्य मुख्यत: स्पष्ट एजेण्डामा निर्भर रहने उल्लेख गरेका छन् । 

प्रकाशित: ११ आश्विन २०८२ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App