२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रचारप्रसारका लागि बैंक खाता खोल्ने दल सीमित

निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले अनिवार्य रूपमा प्रचारप्रसारका लागि बैंक खाता खोल्नुपर्ने व्यवस्था गरे पनि सबैले खाता नखोलेको आयोगले जनाएको छ। 

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२ जारी गरेपछि पनि शुक्रबारसम्म जम्मा ४ राजनीतिक दल र ४ सय ५४ उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन्। प्रचारप्रसारका लागि बैंक खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा (संयुक्त) र राष्ट्रिय जनमोर्चा रहेका छन्। 

प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ६५ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन्। जसमा प्रत्यक्षतर्फ कुल ३ हजार ४ सय ४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। त्यस मध्ये ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र १ जना अन्य उम्मेदवार रहेका छन्। 

आयोगले पारदर्शिता र आर्थिक अनुशासन कायम गर्न प्रचारप्रसार खर्च बैंकिङ प्रणालीमार्फत मात्रै गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ।

प्रकाशित: १ फाल्गुन २०८२ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App