निर्वाचन आउन जम्मा ४० दिन मात्र बाँकी रहँदा पनि राजनीतिक दलहरूले अहिलेसम्म आफ्ना घोषणापत्र सार्वजनिक नगरेको भन्दै जेनजी अभियान्ता भावना राउतले चिन्ता व्यक्त गरेकी छन्।
उनले दलहरू यसरी नै अगाडि बढे घोषणापत्रको संस्कार नै लोप हुने बताएकी छन्।
राउतले मत माग्ने अभियान सुरु भइसक्दा समेत घोषणापत्र नदेखिनु दुर्भाग्यपूर्ण भएको भन्दै उम्मेदवारहरू स्पष्ट दिशा र योजनाबिनै जनतामाझ पुगेको बताएकी छन्।
उनले मतदातालाई भोट दिनुअघि उम्मेदवारसँग आगामी पाँच वर्षको स्पष्ट योजना के हो भनेर सोध्न आग्रह गर्दै भ्यु टावर, रेलजस्ता सतही र ध्यान भड्काउने विषय उठाएर मत मागे त्यसलाई अस्वीकार गर्नुपर्ने बताएकी छन्।
हेर्नुस् उनको फेसबुक स्टाटस
यो निर्वाचनदेखि त घोषणापत्रको संस्कार नै लोप हुन्छ कि क्या हो? मत माग्न सुरु भैसक्यो, घोषणापत्र चाहिँ अझै देख्न पाइएन त। कि उम्मेदवारहरू हावा जता त्यतै उड्ने हो?
भोट दिनुअघि सोधौँ, आगामी ५ वर्षको स्पष्ट योजना के हो?
भ्यु टावर, रेल जस्ता सतही र ध्यान भड्काउने कुरा गरे “भोट इस्स” भन्नु। नीति, नियम, सुशासन र जनताको जीवन बदल्ने स्पष्ट मार्गचित्र आए मात्र भोट दिने सोच्नु।
स्पष्ट मार्गचित्रबिना भोट हाल्ने दिन अब सकिनुपर्छ। किनकि हामीले चुनेका शासकबाट फेरि गोलि खान नपरोस् भन्ने जिम्मेवारी हाम्रो पनि हो।
प्रकाशित: १० माघ २०८२ ११:४८ शनिबार





