१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले

जेनजीको आन्दोलन उग्र बनेपछि राज्यका अंक मानिने कार्यपालिका व्यवस्थापिका र न्यायपालिकामाथि पनि आक्रमण भएको छ ।  

व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालतमा आन्दोलनकारीले आगजनीसहित नियन्त्रणमा लिएका छन् ।  

तीनवटै निकायका मुख्य भवनमा आगजनी भएको छ ।  तोडफोड गरिएको छ ।  

सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरी समस्याको समाधान गर्न आह्वान गरेका छन् ।  

सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत लगायतका सबै भवनहरूमा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।

प्रकाशित: २४ भाद्र २०८२ १५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App