संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ।
आजको बैठकमा संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि र साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ।
यसैगरी उद्योग, वाणिज्य र आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्।
त्यस्तै कानुन, न्याय र संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरौं’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
प्रकाशित: २९ असार २०८२ ०६:२४ आइतबार





