२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

११ बजे बोलाइएको संसद् बैठक २ बजेलाई सर्‍यो

आज (बुधबार) बिहान ११:०० बजे बस्ने गरी तय भएको प्रतिनिधि सभाको बैठकको समय परिवर्तन गरिएको छ। 

विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। अब प्रतिनिधि सभाको बैठक आजै दिउँसो २:०० बजे बस्ने गरी निर्धारण गरिएको छ। 

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचना अनुसार प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले बैठकको नयाँ समय तय गरेका हुन्।

प्रकाशित: २७ जेष्ठ २०८३ १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App