विवेकशील साझा पार्टीकी नेतृ रन्जु दर्शनाले देवत्व र दानविकीकरण गर्न नछोडेसम्म नेपाली समाज अघि बढ्न नसक्ने बताएकी छिन्।
सामाजिक सञ्जलामा पोष्ट लेख्दै उनले यस्तो बताएकी हुन्। उनले चेतना कहिले आउॅंछ त थाहा छैन, तर यो चेतनाको कमीले समाजको घाटा भने भयङ्कर भएको जिकिर गरिन्।
'देवत्व र दानविकीकरण गर्न नछोडेसम्म हाम्रो समाज अघि बढ्न सक्दैन,' उनले लेखेकी छिन्, 'चेतना कहिले आउॅंछ त थाहा छैन, तर यो चेतनाको कमीले समाजको घाटा भने भयङ्कर भएको छ।'
प्रकाशित: ८ कार्तिक २०८२ ०७:१४ शनिबार





