जेन–जी अभियन्ता भावना राउतले देश सह–अस्तित्व स्वीकार गर्न नसक्ने अवस्थामा पुगेको बताएकी छन्।
उनले वर्तमान राजनीतिक अवस्था र दलहरूको व्यवहारले फरक मत, फरक पुस्ता र फरक आवाजलाई स्वीकार गर्न नसक्ने प्रवृत्ति बढेको बताइन्।
हालै नेपाली कांग्रेसका नेता गगन थापाले दिएको भिडियो सन्देशप्रति प्रतिक्रिया दिँदै उनले भनेकी छन्, ‘हिजोको भिडियो सही भएको तर त्यो कुरा कांग्रेस नेताबाट आयो भन्दैमा नरानदेखि बल निकालेर गाली गर्नु आवश्यक छैन। हाम्रो पुस्ताले राजनीति जानेका छैनौँ। कम्तीमा कपटी ओलीले गर्ने राजनीति त जानेकै छैनौँ। यदि राजनीति बुझेकै भए हाम्रा मुद्दामा हस्ताक्षर हामीले सरकार बनाउँदा नै गरिसक्थ्यौँ होला, वा म्यान्डेट साइन गर्दा सबै राजनीतिक दललाई साक्षी राख्थ्यौँ होला।’
साथै उनले राजनीतिक दलहरूसँग औपचारिक, सार्वजनिक र लिखित संवाद अपरिहार्य भइसकेको बताएकी छन्।
प्रकाशित: १८ पुस २०८२ १२:५५ शुक्रबार





