२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

'जेलमा बसेको समय घटाउनुपर्छ' भन्ने ओलीको भनाइले उनको राजनीतिक दिवालियापन बताउँछ : सिंह

नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको 'जेलमा बसेको समय घटाउनुपर्छ' भन्ने अभिव्यक्तिले उनकै राजनीतिक दिवालियापन बताउने बताएका छन्।

'ओलीको अधिनायकवादी र स्वेच्छाचारी कार्यशैलीको हामीले पहिले नै आलोचना गरिसकेका छौँ। अहिले उनले उमेरको हिसाब गर्दा जेलमा बसेको समय घटाउनुपर्छ भन्ने सोचाइले उनको राजनीतिक दिवालियापनलाई नै बताउँछ। त्यसबाट उनको राजनीतिक स्तर अत्यन्त निम्न भएको कुरा पनि प्रष्ट हुन्छ,' उनले भनेका छन्।

प्रधानमन्त्रीसमेत रहेका ओलीले यसअघि पार्टीमा ७० वर्षे उमेरहद लागू गर्ने भए आफूले जेलमा बसेको १४ वर्ष घटाउनुपर्ने तर्क गरेका थिए। त्यसका प्रति सिंहले यस्तो टिप्पणी गरेका हुन्।

प्रकाशित: ५ श्रावण २०८२ २१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App