१६ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

ओली अझै अस्पताल रहने

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।  

शनिबार पक्राउ गरेपछि स्वास्थ्य परीक्षण गर्न अस्पताल पुर्‍याइएका ओलीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।  

अदालतले अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरे पनि ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छैन ।  

ओलीको मिर्गौला, उच्चरक्तचाप, पित्तथैलीमा भएको पत्थरी, मधुमेह लगायतका समस्याको रिपोर्ट जाँच गरेपछि डिस्चार्ज गर्ने अवस्था नदेखिएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाइँले बताए ।  

सेढाइँका अनुसार पूर्वप्रधानमन्त्रीको आइसोलेनमै राखिएको छ । धेरै स्वास्थ्य समस्या भएकाले पनि अझै अस्पताल नै रहनसक्ने उनले बताए ।

प्रकाशित: १६ चैत्र २०८२ १७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App