१६ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

सरकारका गतिविधिले देश द्वन्द्वमा जाने आशंका बढायो : मन्त्री पराजुली

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले संघीय सरकारका पछिल्ला गतिविधिले देश पुनः द्वन्द्वमा जाने हो कि भन्ने आशंका बढाएको बताएका छन् । सोमबार विराटनगरमा आयोजित षष्ठिका बस्नेत सूचना अधिकार प्रोत्साहन पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै यस्तो आशंका व्यक्त गरेका हुन् ।

मन्त्री पराजुलीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलगायतका नेताहरूलाई सरकारले पक्राउ गरेको सन्दर्भलाई लक्षित गर्दै सरकार विधिको शासन स्थापित गर्न केन्द्रित हुनुपर्ने धारणा राखे । मन्त्री पराजुलीले दुई तिहाइ नजिकको सरकारबाट जनताले सकारात्मक परिवर्तनको आशा राखेको बताए ।

उनले भने, “एउटै पार्टीले दुई तिहाइ नजिकको बहुमत प्राप्त गरेको अवस्थामा जनताले मुलुक विकास र समृद्धितर्फ जाने आशा गरेका थिए, तर सरकारका पछिल्ला गतिविधिले आशंका बढाएको छ ।”

कार्यक्रममा धनकुटाका पत्रकार हरिबहादुर लाम्जेललाई २५ हजार रुपैयाँ राशिको यस वर्षको षष्ठिका बस्नेत सूचना अधिकार प्रोत्साहन पुरस्कार हस्तान्तरण गरिएको छ ।

प्रकाशित: १६ चैत्र २०८२ १७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App