१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमालेले भक्तपुरमा आयोजना गर्ने कार्यक्रममा ओलीले सम्बोधन गर्ने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

पार्टीको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका ७ तिथली चोक गुण्डुमा आयोजना गर्ने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने भएका हुन्।

समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा स्पष्ट पार्ने बताइएको छ।

प्रकाशित: २३ आश्विन २०८२ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App