१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

ओलीले गरे इन्द्रेणी तालमा मोटरबोट सयर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दमक-१० को इन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन्।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार समेत रहेका पूर्वप्रधानमन्त्री ओली दमकका विभिन्न टोलमा पुगेर मतदातासँग भेट गर्ने क्रममा यहाँ पुगेका हुन्। त्यस क्रममा उनले अन्य यात्रुहरूसँगै मोटरबोट चढेर तालको अवलोकन गरे।

सो क्रममा महिलाहरू संगठित रहेको बुहारी समूहले भेट गरी नेकपा एमाले तथा अध्यक्ष ओलीलाई जिताउन कृयाशील हुने बताएको थियो।

दमकको दक्षिणी भेगमा रहेको सो इन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रयास स्वरुप केही समय अघिदेखि सो मोटरबोट सञ्चालनमा आएको हो। सो वडाले पूर्वतर्फ कमल गाउँपालिका र गौरादह नगरपालिकालाई छोएको छ भने पश्चिमतर्फ मोरङको उर्लाबारी र रतुवामाई नगरपालिका पर्दछ।

ओलीकै पहलमा दुवै तर्फ जाने स्थानमा रतुवा र मावा खोलामा पक्की पुल बनेका छन्। दुवै तर्फका मोटरेबल पुलका कारण सर्वसाधारणको दैनिकी सहज मात्र भएको छैन कृषि उपजको बजारीकरण गर्न, स्वास्थ्य सेवा लिन र स्वरोजगारीका विकल्पहरू पहिचान गर्न पनि सहज भएको छ।

प्रकाशित: ५ फाल्गुन २०८२ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App