२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

ओलीले भने- झलनाथ राति १२ बजेसम्म मसँगै थिए, बिहानै कित्ता परिवर्तन गरेर उता पुगेछन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता झलनाथ खनाल मध्यरातसम्म आफूसँगै रहेको र रातारात कित्ता परिवर्तन गरेर बिहानै एकता कार्यक्रममा पुगेको टिप्पणी गरेका छन्।

भक्तपुरको गुण्डुस्थित निवासमा पार्टीका नेता-कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भने ‘अस्ति राति यहाँ १२ बजेसम्म यहिँ हुनुहुन्थो, उता जाँदै जान्न भन्नुहुन्थ्यो। बिहानै त फेरि उता पुग्नुभएछ।’

खनालको उक्त व्यवहारप्रति व्यङ्ग्य गर्दै ओलीले त्यसलाई ‘लफ्फाजी सिद्धान्त’ को संज्ञा दिए। उनले पदका लागि मात्रै यस्तो राजनीति गरिएको आशय व्यक्त गर्दै भने, ‘तपाईंलाई के चाहिएको हो, त्यो चाहिँ भन्नुस् न सिधा कुरा भनेर मैले भनेको छु। सिद्धान्तकै लफ्फाजी।’

ओलीले तत्कालीन नेकपाका अर्का नेता माधवकुमार नेपालको पनि उदाहरण दिँदै उनले पनि झलनाथ बोकेर अर्को पक्षमा गएको टिप्पणी गरे।

प्रकाशित: २० कार्तिक २०८२ २०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App