३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

केन्द्रीय कमिटी बैठकमा ओलीले भने : कार्यकर्ताको भीडले पार्टीको औचित्य पुष्टि गर्‍यो

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ।

बन्द सत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक भएको हो। बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए।

बैठकमा महासचिव शंकर पोखरेलले बन्द सत्रमा प्रस्तुत गरिने निर्वाचन कार्य तालिका, आचारसंहिता, समसामयिकलगायत एजेन्डा प्रस्तुत गरेका छन्। 

प्रकाशित: २८ मंसिर २०८२ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App