२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

विद्यालाई ओलीको प्रश्न: सदस्यता त्यति प्यारो भए राष्ट्रपति हुन किन गएको ?

‘कर्मचारीलाई झुक्क्याएर रसिद लिँदैमा सदस्य बनिन्न’

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीका कार्यालयका कर्मचारीलाई झुक्क्याएर रसिद लिँदैमा सदस्यता नवीकरण नहुने बताएका छन्। शुक्रबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिबाट फर्किएर आएपछि भण्डारीले रसिद काट्ने ठाउँमा आएर कर्मचारीलाई झुक्क्याएर सदस्यता नवीकरण शुल्क बुझाएको दाबी गरेका हुन्। 

‘राष्ट्रपति फर्किएर आएको मान्छे कर्मचारीले यसो होला त भनेर रसिद काटिदियो होला। त्यसरी लिने होइन,’ ओलीले भने, ‘उहाँले छोडेको सदस्यता, तपाईँहरू सबैलाई थाहा छ छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको सदस्यता मात्रै नवीकरण हुन्छ।’ 

‘कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’ भनेर उनले प्रश्न गरे । ‘उहाँको सदस्यता थिएन, उहाँले  २०७२ साल कात्तिक १३ गते छाड्नुभएको हो, र त्यसयता उहाँको पार्टी सदस्यता छैन,’ प्रधानमन्त्री ओलीले भने। 

‘यतिखेर भन्नुहुन्छ(दुवै हातले छाती पिट्दै)–ल मेरा सदस्यता, मेरो सदस्यता । अनि यत्रो वर्ष त मेरो सदस्यता भन्नुभएन उहाँले?,’ उनले भने, ‘राष्ट्रपति हुन नजानुपथ्र्यो नि त, मेरो सदस्यता, प्यारो सदस्यता, यसैमा बस्छु, जान्न–जान्न भन्नुपर्थ्यो।’ 

सदस्यता चाहिने भए पार्टीमा कुरा गर्नुपर्ने उनले बताए। उहाँले पार्टीमा कुरा गर्नुभएको छैन, नवीकरणका लागि पहिला सदस्यता छैन, नयाँको उहाँ प्रक्रियामै आउनुभएको छैन। 


 

प्रकाशित: ६ भाद्र २०८२ १७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App