१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

ओलीको प्रश्न: सुशीला जीका कति वटा पाँच दिन गए? खोइ भ्रष्टाचार नियन्त्रण?

‘अहिले भ्रष्टाचार झन् बढेको छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार बनेयता भ्रष्टाचार झन् बढेको दाबी गरेका छन्। शुक्रबार विद्वत् वर्गसँगको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। 

‘नेपाली कांग्रेस र नेकपा एमाले दुई वटा प्रमुख पार्टी मिलेर स्थिरता र स्थायित्व राजनीतिक रूपमा ल्याए। त्यसमा करप्सन(भ्रष्टाचार) भइराखेको थिएन म भन्दिनँ, भइराखेको पनि हुनसक्छ,’ ओलीले भने, ‘अहिले करप्सन भइराख्या छैन र? कन्ट्रोल भयो त?’ 

प्रधानमन्त्री हुनुअघि कार्कीले एउटा अन्तर्वार्तामा पाँच दिनमा भ्रष्टाचार नियन्त्रण हुन्छ भनेको अभिव्यक्तिलाई ओलीले स्मरण पनि गराए। ‘पाँच दिन होइन, उहाँ प्रधानमन्त्री भएको त धेरै दिन भयो त? २७ गते दुई महिना हुन्छ अहिले। दुई महिनामा कति वटा पाँच दिन गए? भयो त करप्सन कन्ट्रोल,’ ओलीले भने। 

अहिले भ्रष्टाचार झन् बढेको पनि ओलीले दाबी गरे। उनले भने,‘झन् बढेको छ। यो उद्योगहरूलाई बन्द गराएको, त्यति पनि हामी बुझ्दैनौँ?’

सरकारले उद्योग बन्द गर्नुअघि प्रयोग गरेको बिजुलीको बिल दिनु, पैसा असुल्न चुनौती नै दिए। उनले भने, ‘सरकारसँग त बिजुलीको बिल होला नि त? हुन्छ नि त। तिम्रो यति प्रयोग गरेका छौँ प्रमाण दिनु। तर सरकारले कति बिजुली बाल्न दियो प्रमाण छैन। यस्तो पनि हुन्छ?’ 

प्रकाशित: २१ कार्तिक २०८२ १६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App