२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

ओलीको प्रश्न: स्याउ र बियर चोरेर खाने पनि क्रान्तिकारी हुन्छन् र?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्याउ र बियर चोरेर खाने क्रान्तिकारी नहुने टिप्पणी गरेका छन्। नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै ओलीले यस्तो बताएका हुन्। 

‘स्याउ चोरेर खाने पनि क्रान्तिकारी हुन्छ? बियरको बोतल चोरेर भाग्ने पनि क्रान्तिकारी हुन्छ?,’ ओलीले प्रश्न गरे, ‘ती जेन–जी युवाहरू हुन् र?’ सिंहदरबार, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सर्वोच्च अदालत, आफ्नो घर, अर्काको घर, उद्योग व्यवसाय, प्रदेशसभाका कार्यालयहरू, पार्टीका कार्यालयहरू जलाउने काम सबै जेन–जीले नगरेको उनले दाबी गरे। उनले भने, ‘जेन–जीले हुँदै होइन। यो त क्रिमिनल तत्त्वहरूले हो।’

प्रकाशित: ९ मंसिर २०८२ १९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App