२७ भाद्र २०८३ शनिबार
image/svg+xml
राजनीति

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई ओलीको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिएको पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीको टोलीलाई प्रभावित क्षेत्रमा पुगेर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन्।

पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले टोलीलाई प्रभावित क्षेत्रको स्थानीय अवस्था बुझ्न, पीडितलाई आवश्यक राहत उपलब्ध गराउन तथा उद्धारकार्यमा प्रभावकारी रूपमा परिचालित हुन निर्देशन दिएका हुन्।

उनले विपद् प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउन स्थानीय तह, प्रशासन तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न पनि आग्रह गरे।

एमालेले भोटेकोशी बाढी प्रभावित नुवाकोट र रसुवाका नागरिकलाई सहयोग पुर्‍याउन विभिन्न तहमा राहत, उद्धार तथा पुनःस्थापनाका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित: २६ भाद्र २०८३ २०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App