नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्ताको आडमा भएको घटना क्रान्ति नभएको टिप्पणी गरेका छन्। मंगलबार विघटित प्रतिनिधिसभाको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै यस्तो बताएका हुन्।
‘यसरी दुनियाँमा कहीँ सरकार बन्छ? उनीहरू भन्छन्–क्रान्तिबाट सरकार भयो,’ ओलीले भने, ‘कहाँ भयो क्रान्ति? नेपालमा त क्रान्ति भएको छैन। नेपालमा त प्रतिक्रान्ति भएको छ।’
नेपालमा सम्पदा जलाइएको र यत्रो विघ्न मान्छे मरेको बताए। क्रान्तिमा बलिदान हुने तर, यो बलिदान क्रान्तिका लागि हुन नपाएको उनले टिप्पणी गरे।
‘यसले देशलाई पछाडि फर्कायो। लोकतन्त्र भत्कायो। संविधान मिच्यो र असंवैधानिक सरकार बन्यो,’ ओलीले भने। संविधानमा नभएको मात्र नभइएको बताउँदै उनले ‘संविधानले हुन्न भनेको’ कुरा पनि भएको टिप्पणी गरे।
प्रकाशित: २ मंसिर २०८२ १६:४७ मंगलबार





