२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कार्यकर्तालाई आश्वास्त पार्दै ओली: ढुक्क हुनुस् प्रधानमन्त्रीले गोली हान्न आदेश दिँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा आफूले गोली हान्न आदेश नदिएको प्रस्टोक्ति दिएका छन्। शनिबार युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आरोप लगाइएजस्तो आफूले गोली हान्न आदेश नदिएको बताउँदै कार्यकर्तालाई आश्वास्त पारेका हुन्।  

‘बालुवाटारमा सोधेर बसिराखेको थिएँ, क्याजुअल्टी नहोस्, कामना गरेर बसिरहेको थिएँ। गोली चल्यो भन्ने सुनेपछि गोली चलाउने तहमा कसरी पुग्यो? मैले सोधेको छु,’ ओलीले भने, ‘पछि मैले सुनें १४ जनाको मृत्यु भयो, मैले सुनें टाउकामा छातीमा, टाउकामा गोली लाग्यो। यो कसरी भयो? हाम्रो सुरक्षाकर्मीले टाउकामा छातीमा गोली हान्दैन।’  

त्यो दुःखद् घटनाबाट आफू अत्यन्त दुखी भएको उनले बताए। ‘म आफै दुखी भएको छु। यसको न्यायिक बनाएर छानबिन गराउँछु भनेको थिएँ,’ उनले भने।

आफ्नो हातमा केही पनि रहेन् भन्ने थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको पनि उनले बताए। ‘प्रधानमन्त्रीले न गोली चलाउन आदेश दिन्छ, न थाहा पाउँछ। यतापट्टी स्पष्ट हुन आग्रह गर्छु,’ ओलीले भने।  

प्रकाशित: ११ आश्विन २०८२ १४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App