१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

बाढी प्रभावित क्षेत्र नुवाकोटमा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेका छन्। शुक्रबार भोलेन्टियर टोलीसहित ओली नुवाकोट पुगेका हुन्।

सो क्रममा अध्यक्ष ओलीले रसुवाको विदुर नगरपालिका–१ स्थित ढुङ्गे, त्रिशूली बजाको अवलोकन गरेका छन्।

भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्‍याएको छ।

यसअघि अध्यक्ष ओली बाढी प्रभावित क्षेत्र धादिङ पुगेका थिए।

प्रकाशित: १९ भाद्र २०८३ १६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App