१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

ओलीले सुनाए नेपालमा कम्युनिष्टको स्थापना र उद्देश्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थापना र नेपालमा कम्युनिष्टको उदय कसरी भयो भन्ने चित्रण गरेका छन् । उनले विगत १९९३ देखिको इतिहास सुनाउँदै महान उद्देश्यका साथ नेपालमा कम्युनिष्ट उत्पन्न भएको र त्यो उद्देश्य प्राप्तिमा एमालेलाई विचलित हुने छुट नभएको बताए ।  

शुक्रबार पार्टीको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको विद्वत वर्गसँगको अन्तरसंवाद कार्यक्रममा ओलीले बलिया हुनुपर्ने कम्युनिष्ट पार्टी सारै सेन्टिमेन्टल देखेको टिप्पणी गरेका छन् ।  पार्टी र विचार परिपक्व हुनुपर्ने उनको तर्क छ ।  

उनले भने, ‘कम्युनिष्टहरू बलिया हुनुपर्ने, झन सेन्टिमेन्टल भएको देखेँ यो पाली । कुनै एक प्रतिक्रियावादीले छिसिक्क केही गरे कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, कोही नेतालाई गाली गर्ने परिपार्टी बढेको छ ।’

उनले कम्युनिष्टको कामलाई हेर्न नेपालमा कम्युनिष्टको उदयलाई हेर्नुपर्नर्ने जिकिर गरे । उनले भने, ‘सुरुदेखि नै यसको इतिहास सामान्य तया १९९३ साल तिर पुग्छ । राणा शासनका विरुद्ध होस्, परिवर्तनका लागि होस्, पहिलो संगठन प्रोग्रेसिप उद्देश्यका साथ प्रोग्रेसिप संगठन, राजनीतिक उद्देश्यका साथ राजनीतिक संगठन बनेको थियो ।’

उनले क्रमश: भन्दै गए, ‘टंकप्रसाद आचार्यको नेतृत्वमा रामहरि शर्मालगायतको सहभागितामा एउटा संस्था निर्माण भयो । जसमा पछि धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ आदी पनि जोडिनुभयो । दुई वर्षपछि उहाँहरू जोडिनु भएको थियो । त्यसपछि संस्थाले स्पष्ट बामपन्थी रुप लियो । ९७ सालमा दमन भएपछि कलिलै उमेरमा पुष्पलालहरूले  नेपाल प्रजातान्त्रिक संघ भनेर ९८ सालमा स्थापना गर्नुभयो । त्यति चल्न सकेन । २००२ सालमा गोपालप्रसाद रिमालहरूले प्रगतिशील समूह स्थापना गर्नुभयो । २००३ सालमा नेपाल कम्युनिष्ट पार्टी लाल कम्युनिष्ट पार्टी भनेर गंगालाल श्रेष्ठहरूले गठन गर्नुभयो । (यहाँको गंगालाल शहीद गंगालाल होइन ।) त्यसपछि कांग्रेस पार्टी जन्मियो। यहाँ सम्मका सबै संगठन नेपाल भित्रै बनेका थिए । प्रजापरिषद नेपाल भित्र बनेको थियो । नेपाल प्रजातन्त्र संघ भन्ने पनि नेपाल भित्रै बनेको थियो । प्रगतिशील संगठन नेपाल भित्रै बनेको थियो । लाल कम्युनिष्ट पार्टी गंगालालहरूले नेपाल भित्रै बनाउनुभएको थियो । २००३ सालमा अखिल भारतीय नेपाली कांग्रेस भन्ने अर्को संस्था बन्यो कलकत्तामा स्थापना भयो । त्यो चाहिँ विदेशमा पहिलो पटक भयो । त्यसअघिका सबै राणाकालकै विरोध गर्न नेपालभित्रै गठन गरेका थिए । नेपालमै काम गर्न नेपालमै स्थापना भएका घटक हुन ।’

प्रकाशित: २१ कार्तिक २०८२ १५:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App