नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा मत सुरक्षाका लागि टोलटोलमा सुरक्षा समितिहरू बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
हरेक बुथको सुरक्षा लागि कम्तिमा ३० जना भोलेन्टियर फोर्स बनाउन पनि पार्टीका नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिएका हुन्।
सोमबार झापामा आयोजित पार्टीको कोशी प्रदेश स्तरीय भेलामा बोल्दै उनले आसन्न निर्वाचनलाई ध्यानमा राखेर हरेक बुथको सुरक्षाका लागि पार्टीको तर्फबाट स्वयंसेवक परिचालन गर्नुपर्ने भएकाले त्यसको तयारी गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन्। ‘यस्तो अवस्थामा जनताले आफ्नो सुरक्षा आफैँले गर्नु पर्यो, टोल टोलमा सुरक्षा समिति बनाउनै पर्यो’, उनले भने।
ओलीले पार्टीका नेता कार्यकर्तालाई सत्यको अगाडि नझुक्न आग्रह गरे।
प्रकाशित: ११ फाल्गुन २०८२ १६:५९ सोमबार





