७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ओली देउवा भेट: हार्दिकता साटासाट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।  

देउवा निवास महाराजगञ्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

No description available.

अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार सभापति र अध्यक्षबिच समसामयिक राजनीतिक विषय र संसद पुनःस्थापनाका विषयमा छलफल जारी छ ।  

लामो समयपछि भएको भेटवार्तामा सभापति देउवाका पत्नी डा. आरजु राणा र अध्यक्ष ओली पत्नी राधिका शाक्यको समेत सहभागी भए ।  

जेनजी आन्दोलनले सत्ताबाट बहिर्गमन भएपछि पूर्व प्रधानमन्त्रीद्वयको यो पहिलो औपचारिक भेट हो ।

 

प्रकाशित: १९ मंसिर २०८२ १६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App