राष्ट्रियसभा निर्वाचनअघि शीर्ष दलका नेताहरूले छलफल बढाएका छन्। प्रमुख नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू चुनावी तालमेलको दौडधुपमा छन्।
यस सन्दर्भमा आइतबार (आज) बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालबिच भेट भएको छ। दुई नेताबिच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा मुख्य छलफल भएको जनाइएको छ। तर कुराकानीबारे आधिकारिक रूपमा जानकारी गराइएको छैन।
दाहालले नयाँ दिल्ली भ्रमणमा जानुअघि ओलीसँग यो भेट गरेका हुन्।
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ। जसमध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत भएका हुन्। बाँकी १८ सिटका लागि माघ ११ मा निर्वाचन हुँदैछ।
प्रकाशित: २० पुस २०८२ १३:०४ आइतबार





