९ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

एनपिएल: चितवनले टस जित्यो, पहिला ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत आज हुने खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा केहीबेर अघि भएको टसमा चितवन राइनोजका कप्तानले ब्याटिङ रोजेपछि जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गर्ने निम्तो पाएको हो।

लिगको २०औँ खेलका रूपमा आज जनकपुर र चितवनबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेल जित्दै दुवै टोली अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन्।

खेल केही बेरमा सुरु हुँदैछ।

प्रकाशित: १६ मंसिर २०८२ ११:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App