नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
सानेपास्थित पार्टी कार्यालयमा आज अपराह्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकमा निर्वाचनको वातावरण बनिनसकेको बताए ।
ढुक्क भएर चुनावमा जान सक्ने अवस्था सृजना भइनसकेकाले सरकार निर्वाचनको विश्वसनीय वातावरण बनाउनेतर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।
उनले भने, ‘निर्वाचनको विश्वसनीय वातावरण नबनेकाले संसद् पुनःस्थापनाको आवाज उठेको हो।’
उपसभापति गुरुङले सबै मिलेर निर्वाचनमा जानुपर्ने, त्यो निर्विवाद रुपमा हुनुपर्ने र निर्वाचनमा नै सरकारको अर्जुनदृष्टि हुनुपर्ने सुझाव दिए ।
प्रकाशित: १० पुस २०८२ १७:५१ बिहीबार





