३० वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

अब जनताले बुझ्ने राम्रा दिन छिटै आउँदैछन्: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाचारहरू पढ्ला सुन्दा र हेर्दा खुसी लाग्न थालेको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले सरकारमा बस्नेहरूका काम कारबाहीबाटै लक्षण राम्रो नदेखिएको बताए।  

उनले भने, ‘बडो रमाइलो लाग्न थाल्या छ न्यूजहरू हेर्दा बडो मजाका आउँदा रहेछन्। अस्ति नेपो बेबी, नेपो किड्स, करप्सन भन्नेहरू, अब त ती नेपो बेबी र किड्स करप्सन भन्ने त अब त देखिन थाल्यो नि, अब त जनताले बुझ्ने दिन छिट्टै आउँछ जस्तो लाग्या छ।’

दाहालले कांग्रेस, एमाले, मधेस केन्द्रित दलसँग संवाद सुरु गरेको पनि बताएका छन्। उनले भने, ‘पराजयका ठूल्ठूला परिघटना पनि हामीले हेरेका छौँ भने विजयका पनि। ६४ मा कसरी हामी एक्लै बहुमतको नजिक पुगेको अनुभव पनि हामीसँग छ। ७४ मा नेपाली कम्युनिस्ट पार्टी दुई तिहाइको नजिक पुगेको पनि अनुभव हामीसँग छ। अनि अहिले नराम्रोसँग धक्का खाएको पीडा पनि हामीसँग छ।’

धेरै अनुभव आफूले व्यहोरेको भएकाले अहिले निराशाका कुरा भने सुन्न मन नलागेको उनले बताए । उनले भने, ‘मलाई आजकल निराशाको कुरा सुनाउने मान्छे मेरो अगाडि नआइदिए हुन्थ्यो जस्तो लाग्छ। त्यस्तो होइन। हामीले सोचेभन्दा छिट्टै जनताको, आन्दोलनको, समाजवादको, कम्युनिस्ट पार्टीको एउटा अर्को उभार छिट्टै आउँदै छ।’

प्रकाशित: ९ वैशाख २०८३ १७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App