२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

अब नेताहरू पार्टी कार्यकर्ताको घर-घर पुग्नुपर्छ: वामदेव

नेपाली कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले फागुन २१ गते हुने निर्वाचनका लागि ६४ लाख घरमा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुग्नुपर्ने बताएका छन् ।  

उनले भाषण भन्दा जनताको घरसम्म पुगेर नेकपाको विचार र शिद्धान्तलाई पुर्‍याउनुपर्ने बताए । कर्णाली प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै नेता गौतमले भने, ‘फागुन २१ गते हुने निर्वाचनमा बहुमत ल्याउन भाषण गर्दै हिँड्ने मात्रै नभई ६४ लाख घर परिवारमा पुग्नैपर्नेछ ।’  

उनले समाजवादको मुटु श्रम भएको बताउँदै सम्पूर्ण नेता तथा कार्यकर्ता श्रममा जोडिनुपर्ने बताए । उनले अहिलेकै संविधानमा रहेर देशलाई समाजवादको बाटोमा डोर्‍याउनुपर्ने बताए । ‘समृद्ध नेपाल निर्माणका लागि संविधानभित्रै रहेर सामुहिक उत्पादनमा लाग्नु आवश्यक छ,’ उनले भने, ‘यसले मात्रै संविधानले कल्पना गरेको बाटोमा अघि बढ्न सकिन्छ ।’ उनले संविधान जारी भएको यतिका समयसम्म पनि समाजवाद र समृद्धि कस्तो हुनसक्छ भनेर जनतालाई अनुभूति गराउन नसकेको बताए ।  

गौतमले आफू जिम्मेवारीमा रहँदा जति काम गर्नुपर्दथ्यो, त्यति गर्न नसकेको भन्दै आत्मआलोचना गरे । ‘विगतमा तीन पटक उपप्रधानमन्त्री र गृहमन्त्री भएँ, पार्टीको माथिल्लो तहको जिम्मेवारी निभाएँ,’ उनले भने, ‘म सरकार र अन्य जिम्मेवारीमा रहेर जति गर्नुपर्दथ्यो, त्यति मैले गर्न सकिँन् ।’

प्रकाशित: २७ मंसिर २०८२ १६:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App