२५ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

सुगौली सन्धिको ‘ओरिजिनल’ दस्ताबेज भए/नभएको यकिन छैन: परराष्ट्रमन्त्री

सरकारसँग बेलायतसँग भएको सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिको औपचारिक ओरिजिनल दस्ताबेज भए/नभएको यकिन जानकारी नरहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खनालले ऐतिहासिक सन्धिहरूका आधिकारिक दस्ताबेजबारे सरकार स्वयं अनभिज्ञ रहेको स्वीकार गरेका हुन्।

सांसद राईले सुगौली सन्धि र १९५० को मैत्री सन्धिको ओरिजिनल कपी सरकारसँग छ कि छैन भन्दै प्रश्न गरेका थिए।

संसदमा जवाफ दिँदै मन्त्री खनालले भने, ‘मेरो जानकारीमा आएअनुसार हामीसँग १८१६ को सुगौली सन्धि र १९५० सँग सम्बन्धित केही दस्ताबेजहरू त छन्, तर ती सन्धिका औपचारिक दस्ताबेज हुन्/होइनन् भन्नेबारे नेपाल सरकारसँग यकिन जानकारी छैन।’

उनले राष्ट्रिय अभिलेखालयमा ती सन्धिहरूसँग सम्बन्धित केही कागजातहरू सुरक्षित राखिएको भए पनि ती नै औपचारिक र आधिकारिक सन्धि हुन् भनेर हालसम्म यकिन हुन नसकेको बताए।

प्रकाशित: २५ श्रावण २०८३ १६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App