कालीकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा महावै गाउँपालिका-५, गेलाका ३५ वर्षीय मंगलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए ।
उनका अनुसार, सोमबार सुर्खेत- जुम्ला राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका- ७, पिलीमा कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो दुर्घटना भएको थियो ।
पिलीबाट सदरमुकाम मान्मतर्फ आइरहेको उक्त अटो सडकको पर्खालमा ठोकिएर दुर्घटना भएको थियो ।
त्यस्तै दुर्घटनामा अन्य ३ जना घाइते मध्य दुई जनालाई नेपालगन्ज रेफर गरिएको छ भने एक जनालाई जुम्ला पठाइएको छ।
प्रकाशित: २५ श्रावण २०८३ १६:२२ सोमबार





