१२ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

जनसङ्ख्या वृद्धिका लागि सुत्केरी बिदासहित प्रोत्साहनको व्यवस्था गर्न ऐन संशोधन : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरेकी छन्।  

मन्त्री मेहताले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’  समेत प्रस्तुत गरेकी हुन्।

मन्त्री मेहताले जनसङ्ख्या वृद्धिका लागि सुत्केरी बिदासहित प्रोत्साहनका व्यवस्था गर्न ऐन संशोधन गर्न लागिएको बताइन्।

प्रस्तावित विधेयकमा सरकारी, गैरसरकारी तथा निजी निकायमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी ६ महिनाको तलबसहितको बिदा दिने व्यवस्था गरिएको छ। यस्तै, पुरुष कर्मचारीकी पत्नी सुत्केरी भएमा ४२ दिनको तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको मन्त्री मेहताले जानकारी दिइन्।

मन्त्री मेहताका अनुसार जनगणनाले देशको जनसङ्ख्या वृद्धिदर निरन्तर घट्दो क्रममा रहेको देखाएकाले जनसङ्ख्या वृद्धि प्रोत्साहन गर्न विद्यमान कानुनी व्यवस्था संशोधन आवश्यक भएको हो।

प्रकाशित: १२ आश्विन २०८३ १४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App