सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको गंभिर त्रुटिमा एकले अर्कालाई दोष देखाएर पन्छिने काम भइरहेको छ। सरकारी कर्मचारीले राजीनामापछि वा अवकाशपछि दुई वर्ष ‘कुलिङ अफ पिरियड’ लागु हुने भनी विधेयकमा राखिएको प्रावधान निष्क्रिय हुने भाषा प्रयोग हुनुमा को–को जिम्मेवार छन् भनेर छानबिन गरिएपनि अझै दोषी पत्ता लाग्न सकेको छैन।
समितिले तयार पारेको प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, मुख्य सचिव एकनारायण अर्यालको नैतिकतामाथि प्रश्न उठाए पनि उनीहरू आफ्नो दोष नभएको भन्दै पन्छिन् थालेका छन्।
‘जेठ २ गतेको समिति बैठकमा राजीनामा भन्ने शब्दसमेत थप गरी कुलिङ पिरियडको व्यवस्था पारित गरिएको हो। निश्चय नै त्रुटि नभएको भन्ने होइन तर मबाट होइन,’ राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भने, ‘ म ‘कुलिङ अफ पिरियड’ राख्ने पक्षमा सुरुदेखि आजसम्म छु, भोलि पनि राष्ट्रियसभाले यो राख्ने प्रावधान ल्याओस् भन्ने पक्षमै छु।’
प्रकाशित: २१ श्रावण २०८२ ०७:०८ बुधबार





