२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

ओली भन्छन्- तत्काल पार्टी एकता होइन, कार्यगत एकता आवश्यक

फाइल तस्बिर।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच हतारमा सांगठनिक एकता गर्नुभन्दा विचार मिल्ने शक्तिहरूसँग कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताएका छन्।

एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बुधबार आयोजित सम्पर्क विशेष सङ्गठन कमिटीसँग सुझाव सङ्कलन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

नीति, विचार र उद्देश्य मिल्ने जुनसुकै शक्तिहरूसँग पनि सहकार्य गर्न सकिने उनले सुनाए।

अध्यक्ष ओलीले आफूहरू सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक एवं असाधारण काम गरिएको दाबी गरे। ‘देशको राजनीतिक र सामाजिक परिवर्तनमा नेकपा (एमाले) को भूमिका असाधारण रहेको छ, अब पनि देशलाई सही बाटोमा अगाडि बढाउने छौं,’ उनले भने, ‘हामी फेरि पनि उठ्न सक्छौं, त्यसका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ।’

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल र नेता लालबाबु पण्डित लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १७ असार २०८३ २०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App