सरकारले मन्त्रालय फुटाउने वा गाभ्ने विषयमा साेमबार कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।
मन्त्रालय घटाउने विषयमा प्राविधिक र कानुनी रुपमा छलफल भइरहेपनि अहिले नै कुन गाभ्ने भन्ने विषयमा कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
प्रकाशित: २१ वैशाख २०८३ १२:५४ सोमबार





