नेकपा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको बारेमा प्रकाशित समाचारमा भ्रामक रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले पार्टी अध्यक्षको निवासमा भएको छलफलका क्रममा थपलियाले आफ्नो धारणा राख्ने क्रममा भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको अवस्थालाई तोडमोड गरी गलत ढंगले प्रचार गरिएको बताएका छन्।
उनले उक्त घटनालाई अनावश्यक रूपमा अतिरञ्जित गरी प्रस्तुत गरिएको समेत आरोप लगाएका छन्। बस्नेतले बागमती प्रदेश सरकार निर्माणको प्रक्रिया सहमति, लोकतान्त्रिक मूल्य–मान्यता तथा आवश्यक परे संसदीय प्रक्रियाअनुसार नै अघि बढ्ने र सरकार गठनबारे विभिन्न किसिमका अफवाह फैलाउने प्रयास भइरहेको भन्दै तथ्यमा आधारित रहन आग्रह गरेका छन्।
प्रकाशित: १९ श्रावण २०८३ १६:४२ मंगलबार





-600x400.jpg)