नेकपा एमालेका नेता गोकुल बाँसकोटाले नयाँ सरकारलाई कम्तिमा तीन महिना काम गर्न दिनुपर्ने बताएका छन्।
उनले सामाजिक संजाल फेसबुकमार्फत सरकारले काम थालेको तीन महिनासम्म बोल्नु बेकार भएको बताएका हुन्। 'रास्वपाले चुनाव जित्यो। चलाउँछन कसरी ? त्यो उनीहरुकै कुरा।,' उनले भने, 'नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरुले केही बोल्नु नै बेकार हो।'
जनताले नै रास्वपालाई चुनेर पठाएकाले केही समय हेर्न पनि उनले सबैलाई सुझाव दिए। 'जनता साझा थिए, छन र हुने नै छन। फरक कति मात्र हो भने आम जनताको रोजाईमा यसपल्ट उनीहरु परे,' उनले भने, 'अझ यसो भनौ उनका बाचा जनताले पत्याए। खाँबो चिथोर्न बन्द गरे हुने !'
प्रकाशित: ४ चैत्र २०८२ १८:२१ बुधबार





