१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : सुदूरपश्चिमको मतगणना सकियो, को को भए विजयी ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुदूरपश्चिम भूगोलतर्फको मतगणना सकिएको छ। अन्तिम मतपरिणामअनुसार खुला केन्द्रीय सदस्यमा जनक चटौत, दिवानसिंह विष्ट र बहादुरसिंह थापा निर्वाचित भएका छन्।

सुदूरपश्चिम भूगोलबाट महिला केन्द्रीय सदस्यमा अम्बिका चलाउने निर्वाचित भएकी छन्। त्यस्तै, ३५ वर्षमुनिको महिला केन्द्रीय सदस्यमा रिता शाही र ३५ वर्षमुनिको खुला केन्द्रीय सदस्यमा भुवनराज भट्ट निर्वाचित भएका छन्।

सुदूरपश्चिम भूगोलबाट खुला केन्द्रीय सदस्यका तीन पदका लागि १३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। अन्तिम मतपरिणामअनुसार चटौत, विष्ट र थापाले बाजी मारेका हुन्। 

प्रकाशित: २८ आश्विन २०८३ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App