नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ४ हजार ६०० मतगणना हुँदा खुला उपसभापति र महामन्त्रीमा क्रमशः डा. चन्द्रकान्त भण्डारी र प्रदीप पौडेलले अग्रता कायम राखेका छन्।
खुला उपसभापतिमा भण्डारीले २ हजार ३४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर मधु आचार्यले १ हजार ४४१ मत पाएका छन्। गोविन्द भट्टराईले १ हजार २१९, सुरेन्द्रराज पाण्डेले १ हजार १५०, धनराज गुरुङले १ हजार ५३, दीपक गिरीले ६३८ र प्रा. डा. चन्द्रमोहन यादवले ३८७ मत प्राप्त गरेका छन्।
समावेशी उपसभापतिको एक पदका लागि भएको प्रतिस्पर्धामा विनोदकुमार चौधरीले १ हजार १४५ मतसहित अग्रता लिएका छन्। जीवन परियारले १ हजार १०७, सीता गुरुङले ७४९, फरमुल्लाह मन्सुरले ६३७ र रञ्जित कर्णले ३५२ मत प्राप्त गरेका छन्।
खुला महामन्त्रीमा प्रदीप पौडेलले २ हजार ६५७ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम राखेका छन्। उदयशमशेर राणाले १ हजार ४९१, डा. सुनिलकुमार शर्माले १ हजार ३८७, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८ र शंकर तिवारीले ८८ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीको एक पदमा डा. डिला संग्रौला (पन्त) ले २ हजार ३७ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ८३८ र रीता खनालले ४६६ मत पाएकी छन्।
मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।
४६०० मत गणनाअनुसार मत परिणाम
( उपसभापति खुल्ला तर्फ)
डा. चन्द्रकान्त भण्डारी २३४३
ई. मधु आचार्य १४४१
गोविन्द भट्टराई १२१९
सुरेन्द्रराज पाण्डे ११५०
दीपक गिरी ६३८
धनराज गुरुङ १०५३
प्रा.डा. चन्द्र मोहन यादव ३८७
( समावेशी १ पद=
बिनोद कुमार चौधरी ११४५
जीवन परियार ११०७
फरमुल्लाह मंसुर ६३७
सीता गुरुङ ७४९
रंजीत कर्ण ३५२
( महामन्त्री खुला तर्फ=
प्रदिप पौडेल २६५७
अमरसिंह पुन मगर ९२९
उदय शम्शेर राणा १४९१
डा. सुनिलकुमार शर्मा १३८७
गुरुराज घिमिरे ९२०
नैन सिंह महर ६६८
शंकर तिवारी ८८
डा सन्तोष उपाध्याय ७२
(महिला १ पद=
डा. डिला संग्रौला (पन्त) २०३७
महालक्ष्मी उपाध्याय (डिना) १८३८
रीता खनाल ४६६
प्रकाशित: २५ आश्विन २०८३ १९:१९ आइतबार


-600x400.jpg)


